पार्टी एकतालाई भाडभैलो गर्न केही तत्वहरुले धुप हाले : प्रचण्ड

सिन्धुली । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाम्राे पार्टी एकतामा भाडभैलो हाेस् भनेर केही तत्वहरुले धुप हालेकाे खुलासा गरेका छन् ।
सिन्धुलीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केही छिमेकी देशहरुले पार्टी एकतालाई सुक्ष्म नजरले हेरिरहेकाे बताउँदै पार्टी एकता पछिका गतिविधिलाई विश्वभरबाट प्रत्यक्षा अप्रत्यक्षरुपले समेत नियालिरहेकाे बताए ।
प्रचण्डले केन्द्र, प्रदेश र स्थानीय तहका सबै ठाउँमा नेताहरूको सही व्यवस्थापन गर्ने गरी छलफल गरिरहकाे उल्लेख गरे ।
अब आउने निर्वाचनमा नेकपा एक्लैले दुई तिहाइ मत ल्याउने गरी पार्टीले बजेटको तयारी गरेको समेत प्रचण्डले दाबी गरे ।