अखिल नेपाल फुटबल प्रशिक्षक संघको पूर्णता

निरन्तर न्यूज
४ जेष्ठ २०७६, शनिबार १३:१३

पाेखरा । अखिल नेपाल फुटबल प्रशिक्षक संघका अध्यक्ष विनोद लामाको अध्यक्षमा शनिबार पोखरामा बसेको बैठकले सर्वसम्मतमा महासचिव र कोषाध्यक्ष मनोनयन गरेकाे छ ।

महासचिवमा राष्ट्रिय फुटबल टोलीका उप कप्तान समेत रहेका राजेश खड्गी र कोषाध्यक्षमा पूर्व खेलाडी एवंम् प्रशिक्षक उर्जन श्रेष्ठ मनोनित गरेसँगै संघको १५ सदस्यीय कार्यसमितिले पूर्णता पाएको हो ।

संघको निर्वाचन २०७४ माघ २३ गते भएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रहेको प्रशिक्षक संघको कार्यकाल पनि ४ वर्षको हुने गर्दछ । प्रशिक्षक संघबाट एक जनाले एन्फाको साधारण सभामा मतअधिकार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु