नेपालबाट २९ खेलमा २ सय ५३ खेलाडीले एसियाडमा भाग लिने

काठमाडौं । चीनमा हुने एसियाली खेलकुदमा नेपालबाट २९ खेलमा २ सय ५३ खेलाडीले भाग लिने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्को बिहीबार बसेको ११७ औ बोर्ड बैठकले एसियाडमा २ सय ५३ खेलाडी सहभागी गराउने निर्णय गरेको हो । नेपालले २९ खेलमा १२७ महिला र १२६ पुरुष गरी २ सय ५३ खेलाडीसहितको टोली टुंगो लगाएको हो ।
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूको अध्यक्षतामा बसेको बैठकले १९ औ एसियाली खेलकुदमा सहभागी हुने खेलाडीसहितको नेपाली टोलीको संख्या टुंगो लगाएको छ । यस्तै बैठकले कर्मचारीको बढुवा सम्वन्धि पदपूर्ति समितिले गरेको सिफारिस अनुमोदन गरेको छ ।
लामो समय देखि रोकिएको बढुवा प्रक्रियालाई अघि बढाउने गरि अघिल्लो बोर्ड बैठकले पदपूर्ति समिति गठन गरेको थियो ।हान्झाउमा जाने खेलाडीलाई बिहीबार एक कार्यक्रम गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिदाइ पनि गरेका छन् ।एसियन गेम्स उद्घाटन हुने बेला चीन भ्रमणमै रहने प्रचण्ड उद्घाटन समारोहमा पनि सहभागी हुने छन् ।
‘यसपटक नेपालले राम्रो गर्ने विश्वास राख्न सकिन्छ,’ बालुवाटारमा खेलाडीलाई सम्बोधन गर्दै उनले भने, ‘म आफू समेत यसपटक प्रतियोगिता हेर्न र त्यसको उद्घाटन सत्रमा सहभागी हुन चीन भ्रमणमा जाँदैछु । यो मेरो लागि पनि रोमाञ्चक समय हुनेछ ।