ब्राजिलको टोलीमा ८ स्टार खेलाडी परेनन्

एजेन्सी । कोपा अमेरिकाको लागि ब्राजिलका प्रशिक्षक टिटेले २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरिसकेका छन् ।
ब्राजिलले यसक्रममा रियल म्याड्रिडका २ सहित ८ स्टार खेलाडीलाई टोलीमा समावेश नगर्दा १२ वर्षपछि ब्राजिलको काेपा अमेरिकाको ट्रफि उचाल्ने सपना पूरा हुने नहूने बारे खेलकाे प्रतिक्षाा गर्नुपर्ने देखिन्छ ।
घरेलु मैदानमा हुने प्रतियोगिताको नवौं पटक उपाधि जित्ने लक्ष्य राखेको ब्राजिलले शुरुमै बोलिभिया, भेनेजुएला र पेरुको सामना गर्नुपर्ने छ ।
ब्राजिललमा प्रशिक्षक टिटेको नियुक्त भएपछि ब्राजिलले जम्मा २ खेलको मात्र हार व्यहोरेको छ ।
ब्राजिलको टोलीमा पर्न नसकेका ८ स्टार खेलाडी :
मार्सेलो (रियल म्याड्रिड, डिफेन्डर)
लुकास मोउरा (टोटेनहम, मिडफिल्डर)
फाबिन्हो (लिभरपुल, मिडफिल्डर)
भिनीसियास जुनियर (रियल म्याड्रिड, मिडफिल्डर)
डग्लस कोस्टा (युभेन्टस, मिडफिल्डर)
विलियन (चेल्सी, मिडफिल्डर)
फ्रेड (म्यानचेस्टर युनाइटेड, मिडफिल्डर)
डेविड लुइज (चेल्सी, डिफेन्डर)
ब्राजिलको अन्तिम टोली :
गोलरक्षक : एलिसन, क्यासिओ, एडरसन
डिफेन्डर : एलेक्स स्यान्ड्रो, ड्यानीएल आल्भेस, एडार मिलिसाओ, फाग्नर, फिलिपे लुइस, मार्किन्होस, मिरान्डा, थियागो सिल्भा
मिडफिल्डर : एलन, आर्थर, क्यसेमिरो, फर्नान्डीन्हो, पाकेटा, कोउटिन्हो
फरवार्ड : नेयमार, डेविड नेरेस, रोबर्टो फिर्मिनो, एभरटन, ग्यब्रिएल जेसस, रिचार्लीसन