मकवानपुरका स्वास्थ्यकर्मीले सिडिओ र एसपीकै अगाडि गरे आन्दोलनको चेतावनी

निरन्तर न्यूज
२८ भाद्र २०८०, बिहीबार २०:२७

हेटौँडा । बुधबार बिहान हेटौँडा–१ मा रहेको सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त विडारीलाई आक्रमणको बिषयलाई लिएर मकवानपुरका स्वास्थ्यकर्मीले सिडिओ र एसपीकै अगाडि आन्दोलनको गर्ने चेतावनी दिएका छन् ।

घटनापछि बिहीबार बिहान हेटौंडा अस्पतालमा प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाईं र मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालको उपस्थिति रहेको छलफल कार्यक्रममा घटनाको दोषिलाई २४ घण्टा भित्र कडा कार्वाही नभएर मकवानपुरका चिकित्सक, निजी अस्पताल सञ्चालक, औषधी व्यवसायी तथा स्वास्थ्यकर्मी सम्पूर्ण स्वास्थ्यसेवा ठप्प पार्ने आन्दोलनमा उर्तने चेतावनी दिएका छन् ।

छलफलमा हामीले अस्पतालमा कार्यरत डाक्टरहरु स्वास्थ्यकर्मीको शान्ति सुरक्षा र घटनामा संलग्नलाई कारबाहीको माग गर्न आग्रह गरेका हौ, सिडिओ साब र एसपी सरलाई हाम्रो कुरा वेवास्ता गरिए र दोषिलाई कार्वाही नगरिएर आन्दोलन गछौ भनेका हौ ,राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ मकवानपुरका अध्यक्ष भोला चौलागाईले् बताए ।

यता घटना भएको २४घण्टापछि मकवानपुर प्रहरीले घटनामा संलग्न ३ महिला सहित १ पुरुषलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा मृतककी श्रीमती रमा प्रधान, छोरा रोहित प्रधान, छोरी रमिता प्रधान र भतिज अनुप प्रधान रहेको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु