जिनियस म्युजिक अवार्ड गरिने

निरन्तर न्यूज
४ जेष्ठ २०७६, शनिबार १२:३४

काठमाण्डौँ । २०७५ साल वैशाख १ गतेदेखि चैत मसान्त भित्रमा सार्वजनिक भएको गीत–संगीत तथा तीनका स्रष्टाहरुलाई विभिन्न विधामा जेठ ११ गते जिनियस म्युजिक अवार्ड–२०७५ प्रदान गरिंदैछ ।

काठमाडौंमा आयोजना हुने पहिलो संस्करणको जिनियस म्युजिक अवार्ड–२०७५ को मनोनयनमा पर्न सफल संगीतकर्मी तथा स्रष्टाहरुलाई मनोनयनको प्रमाणपत्र वितरण सम्पन्न भएको छ ।

जिनियस म्युजिक प्रालिले स्थापनाको दश वर्ष पूरा भएको अवसर पारेर पहिलो पटक ‘जिनियस म्युजिक एवार्ड–२०७५’ आयोजना गर्न लागेको हो । कार्यक्रममा प्रेमध्वज प्रधान, राजु सिं लगायतको आतिथ्यता रहेको थियो ।

अवार्डका लागि उत्कृष्ट राष्ट्रिय भावनाको गीत, फिल्म (गीतकार, गायक, गायिका, संगीतकार), लोक तथा दोहोरी, आधुनिक, पप, बाल गीत, म्युजिक भिडियो (महिला तथा पुरुष मोडल, छायांकार, सम्पादक, निर्देशक), संगीत संयोजक, ध्वनी मुद्रक आदि गरि विभिन्न ४८ विधामा अवार्ड वितरण गरिने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*