बस ठोक्किदा चालकको मृत्यू

हेटौँडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका ३ बसामाडीमा यात्रुवाहक बस दुर्घटना हुँदा वस चालकको मृत्यु भएको छ र ३० जना घाइते भएका छन् ।
इलामको पशुपतिनगरबाट काठमाडौं जादै गरेको ना ७ ख २०५७ नम्बरको यात्रुबाहक बस र काठमाडौंबाट जनकपुर तर्फ जादै गरेको ना ७ ख ९३६ नम्बरको यात्रुबाहक बस एक आपसमा ठोक्किदा बस चालको मृत्यु भएको र दुवै बसका यात्रुहरु मध्ये ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिएका छन्।
ना ७ ख २०५७ नम्बरको बस चालक साविकको उदयपुर वरही गा वि स ६ का ४० बर्षीय मान बहादुर मगरको मृत्यू भएको प्रहरीले जनाएको छ।
घाइतेहरु मध्ये १२ जनाको चुरेहिल अस्पताल हेटौँडामा उपचार भइरहेको र ३ जनालाई थप उपचारको लागि पुरानो मेडिकल कलेज रिफर गरिएको छ भने बाँकि घाइतेहरु सामान्य उपचारपछि घर फर्किसकेका प्रहरी जानकारी दिएको छ।