हेटौंडा ८ स्थित राधाकृष्ण मन्दिरमा सप्ताह लगाइने

निरन्तर न्यूज
२१ भाद्र २०८०, बिहीबार २१:२६

हेटौँडा । हेटौंडा वडा नम्बर ८ कमानेमा रहेको एकादशी राधाकृष्ण मन्दिरमा श्रीमद्भागवत महापूराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।

मन्दिरमा अक्षयकोष निर्माणका लागि श्रीमद्भागवत महापूराण सप्ताह ज्ञान महायज्ञ हुने विहीबार पत्रकार सम्मेलन गर्दै महायज्ञ मूल समारोह समितिले महायज्ञबारे जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शम्भुप्रसाद दुलालले अक्षय कोष स्थापनाका लागि महायज्ञ आयोजन गर्न लागिएको बताए । उनले वार्षिक व्याजबाट मन्दिर व्यवस्थापनमा खर्च गर्ने हेतुले महायज्ञ गरिन लागिएको बताए।पत्रकार सम्मेलनमा प्रख्यात वाचिका राधिका दासीले श्रीमद्भागवत वाचन गरिने महायज्ञ मुल समारोह समितिका संयोजक धर्मराज पुडासैनीले बताएका छन्।

भाद्र २९ गते देखी असोज ५ गते सम्म सञ्चालन हुने महायज्ञमा करिब ५० लाख संकलन हुने अनुमान गरिएको पुडासैनीले बताए।कार्यक्रममा पहिलो दिन कलश यात्रा र प्रत्येक दिन आरती, हवन,मण्डप पुजा, ग्रहशान्तिका साथै भागवत पाठ हुनेप्रचारप्रसार समितिका संयोजक सुदीपराज गीरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु