क्रिकेट संघ बागमती प्रदेश अध्यक्षमा पारस खड्का निर्वाचित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् ।
आज भएको चुनावमा उमेश पियालाई पछि पार्दै पारस अध्यक्ष निर्वाचित भएका हुन् । कुल ३७ मत मध्ये उनले २३ मत पाए भने पियाले १४ मत पाए । पारसको प्यानल नै बागमतीको अध्यक्षमा विजयी भएको छ ।
१३ सदस्यीय कार्यसमितिमा पारससहित उनको टिमबाट १२ जना चयन भएका छन् । उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री, सचिवमा प्रशन्न शाक्य, कोषाध्यक्षमा सञ्जय बस्नेत विजयी भए ।सदस्यहरुमा अजयवीर पाण्डे, अनिल अधिकारी, सन्जोग पोखरेल, सुजन महर्जन, धिरज श्रेष्ठ, शेखर श्रेष्ठ, बसन्तराज सत्याल ‘अरुण’ र अनुजमान श्रेष्ठ निर्वाचित भए ।
नीरा राजोपाध्याय भने निर्विरोध निर्वाचित भइन् ।पारसले बागमतीको चुनावपछि मात्रै केन्द्रको लड्ने बारे घोषणा गर्ने जनाएका थिए । पारसले केन्द्रको प्रमुख एक पदमा लड्ने सम्भावना छ ।