भगवान बस्त्रधारी राजा…

कथा
सुपेन्द्र बस्नेत
४ जेष्ठ २०७६, शनिबार ०७:५८

एकादेशमा एउटा गरिब देशका धनी राजा थिए । जाे देश र प्रजाकाे उन्नति र प्रगतिमा भन्दा पनि आफु बिलाशी जीवन बिताउन निकै भाेका थिए । एक दिन दरबारकाे अगाडि पुगेर द्वारपाललाई एउटा जाेगीले राजालाई भेट्ने ईच्छा जाहेर गरे र साे कुरा द्वारपालले राजालाई जाहेर गरे । राजाले जाेगीलाई दर्शनभेट दिदै आफुलाई भेट्नुकाे मुख्य उद्धेश्य साेधे र जाेगीले राजाकाे मर्जी भए आफुले छ महिना भित्र भगवानकाे बस्त्र (भगवानले लगाउने लुगा) उपलब्ध गराउन सक्ने तर त्यसकाे लागि धेरै धन दाैलत खर्च गर्नु पर्ने कुरा जाहेर गरे ।

बिलाशी जीवन बिताएका राजाले पृथ्वीमा देवताकाे बस्त्र लगाउने आफु पहिलाे मानव बन्ने र विश्वमा चर्चित हुने अभिलासाले उक्त प्रस्ताब तत्काल स्विकार्दै कुनै पनि मुल्य चुकाएर छिटाे भन्दा छिटाे भगवानकाे बस्त्र उपलब्ध गराउन हुकुम बक्स गरे । राजाकाे हुकुम अनुसार आसेपासेहरुले सिघ्रातिसिघ्र जाेगीलाई पहिलाे किस्ता स्वरुप रकम उपलब्ध गराएर संझाैता मुताबिक कार्य अगाडि बढाउन निर्देशन दिए । जाेगी समय सिमा भित्र काम फत्ते हुने विश्वास दिलाउदै पहिलाे किस्तावापत प्राप्त रकम लिएर आफ्नाे बाटाे लाग्याे ।

जाेगीले दिएकाे समय सिमा जति जति नजिकिदै थियाे त्यति त्यति राजालाई उक्त बस्र लगाउने भाेक अत्यधिक जाग्दै गयाे । जाेगी बेलाबखत दरबारमा आएर कार्यप्रगति विवरण पेश गर्दै एक पछि अर्काे किस्ता रकम लैजादै गरेकाे थियाे । जसले दरबारमा भगवानकाे बस्त्र समय सिमा भित्रै आइपुग्ने विश्वास दिलाएका कारण भगवानकाे बस्त्र देख्न पाउने सपनाले दरबारमा काैतुहलता जगाई रहेकाे थियाे ।

समय सिमाकाे अन्तिम दिन बाजागाजा सहित ठुलाे बाकस लिएर जाेगी दरबारमा उपस्थित भयाे । यसले दरबारमा खुशीकाे सिमा रहेन । जाेगीले राजालाई बस्त्र हस्तान्तरण गर्नु भन्दा अगाडि “जाे ब्यक्तिलाई आफ्नाे बाबुप्रति संका छैन उसैले मात्र बस्त्र देख्न सक्ने,संका हुनेले देख्न नसक्ने” बस्त्रकाे बिषेशता रहेकाे बताए । जाेगीले बाकस खाेलेर एक पछि अर्काे बस्त्र निकाल्दै राजालाई आफ्नाे बस्त्र फुकाली धारण गर्न (लगाउन) भने । यसाे भन्दा राजा अचम्मित भए । किनकी उनले जाेगीले लगाउन दिएकाे कुनै पनि बस्त्र देखिरहेका थिएनन् । केबल जाेगीले खाली हातकाे इसारा मात्र गरेकाे देखिरहेका थिए तर सत्य बाेले आफ्नाे बाबुप्रति संका भएकाे प्रमाणित हुने र आफ्नाे र दरबारकाे बेइजत हुने डरले जसाे जसाे जाेगीले भन्दै गए राजाले पनि देखे झै गरी साेही बमाेजिम गर्दै गए ।

राजाले प्रसन्न मुद्रामा बस्त्र (अदृश्य बत्र) लगाई रहेकाे देखेर वरपर रहेका आसेपासे,हुक्के,चिलिमे, भारदारहरुले बस्त्र नदेखे पनि दरबार र राजाकाे अपमान हुने र आफ्नै बाबुप्रति पनि बिश्वास नभएकाे प्रमाणित हुने डरले तैचुप मैचुप भए। सत्य बाेल्ने हिम्मत गरेनन्। बरु उल्टै एकै स्वरमा आहा कति राम्राे /सरकारलाई कत्ति सुहाएकाे भन्दै बस्त्र र राजाकाे प्रसंसा गर्दै जय जयकार गर्न थाले । याे परिस्थतिमा राजाले पनि तैचुप मैचुप जाेगीले भने झै आफ्नाे शरीरकाे बस्र फुकाल्दै भगवानकाे बस्त्र (जाे अदृश्य थियाे) लगाए जाे उनले देख्न सकेका थिएनन् । बस बस्त्र लगाएकाे झै क्रियाकलाप गरे । उनलाई आफु निर्बस्त्र भएकाे थाहा भै रहेकाे थियाे तर आसेपासे,हुक्के,ढाेके,चाेटेहरुले एक स्वरमा जय जयकार सहित बस्त्र र बस्त्रलगाएपछिकाे आफ्नाे सुन्दरताकाे प्रसंशा गरिरहेकाले भित्र भित्रै आफ्नाे बाबुप्रति संका गर्दै लाेलीमा लाेली,तालमा ताल मिलाउन बाध्य भैरहेका थिए।जाेगीले भगवानकाे बस्त्र धारण गरेपछि राजा(जाेगीका अनुसार पृथ्वीलाेकमा भगवानकाे बस्त्र धारण गर्ने पहिलाे मानब)काे स्वरुप प्रजालाई देखाउदा उक्त दृश्यले संसारमै झ्याली पिट्ने,राजा र राजसंस्थाप्रति जनताकाे विश्वास,भराेसा र गाैरव अझ उच्चाे हुने सल्लाह दिए ।

साेही सल्लाह मुताबिक भगवानकाे बस्त्र धारणकाे अवस्थामा जनतालाई दर्शनभेट दिन बाजा गाजासहित राजा दरबार बाहिरिए । उक्त खबरले भगवानकाे बस्त्र धारण गरेका आफ्ना महान राजालाई हेर्न जनतामा पनि निकै काैतुहलता जगाएकाे थियाे र आफुलाई निकै भाग्यमानी ठानी भगवानकाे बस्त्र धारण गरेका आफ्ना राजालाई प्रत्यक्ष देख्न ब्यग्र प्रतिक्षामा सडककाे पेटीमा स्वागका लागि लाम्बद्ध भएका थिए । प्रजालाई पनि उक्त बस्त्र “आफ्नाे बाबुप्रति संका नहुनेले मात्र देख्न सक्ने तर संका हुनेले देख्न नसक्ने” कुरा जानकारी गराईएकाे थियाे । बाजागाजासहित राजाकाे सवारी जसै जसै अगाडि बढ्याे उसै उसै लै-लैमा लागेर सबैले राजा र बस्त्रकाे जय जयकारका गर्दै गए । यस्ताे अवस्थामा राजा भने उक्त बस्त्र सबैले देख्न सकेकाे तर आफ्नाे बाबु झुटाे भएकाले आफुले मात्र बस्त्र देख्न नसकेकाे अपसाेचमा डुब्दै भित्रभित्रै रिसले मुर्मुरिएर आमालाई घृणा गर्दै थिए ।

सवारी केही अगाडि पुगेपछि जय जयकारकाे हल्ला सुनेर उक्त भिडतिर हानिदै आएका एक युवा राजालाई जय जयकार गर्दै निर्बस्त्र सहर घुमाई रहेकाे देखेर आश्चर्य चकित परे । किन यसाे गरिएकाे भनेर साेधनी गर्दा नालीबेली सबै थाहा पाए । बाबुमाथि संका नहुनेले मात्र भगवानकाे बस्त्र देख्न सक्छ तर संका हुनेले देख्न सक्दैन भन्ने खबर ती युवकले पहिला थाहा पाएका थिएनन् । त्यसैले उनले राजालाई निर्बस्त्र नै देखे । जे देखे सत्य देखे र साेही सत्य कुरा बताए । तर राजाका आसेपासे,हुक्के,चिलिमे,ढाेकेहरुले राजालाई खुशी तुल्याई नजिकिएर निजी स्वार्थ पुरा गर्न र आफ्नाे बाबुप्रति संका गरिएला कि भन्ने डरले जाेगीले भने झै भगवानकाे कुनै बस्त्र नदेखे पनि देखेकाे अभिनय गरिदिए र त्यसमा प्रजाहरुले पनि लाेलीमा लाेली मिलाउदै राजा निर्बस्र भएकाे देख्दा देख्दै पनि उल्टै वावाही र जय जयकार गरेर प्रसंसा गरे। जसकाे परिणाम राजा निर्बस्त्र शहर, गाँऊ,चाेक,चाैताराे घुमाईए ।

यसरी जाेगीले राजाकाे बिलाशी र अहम मनाेदसा बुझेर राजालाई षड्यन्त्रपूर्ण तरिकाले निर्बस्र बनाई देश दाैडाहमा निकालेर प्रजासामु पेश गरी बेइजत गरेका थिए । कथालाई आ-आफ्नाे काेणबाट विश्लेषण गरेर निचाेड निकाल्न सबैमा स्वतन्त्रताकाे हक सुरक्षित गर्दै कथाकाे सार बुझ्न बुझाउन सादर अनुराेध गर्दछु ।

सुन्नेलाई सुनकाेमाला,भन्नेलाई फुलकाे माला,याे कथा बैकुण्ठ जाला,भन्ने बेला टुप्लुक्क मुखमा आइजाला !

हेटाैँडा, मकवानपुर  (हाल अमेरिका)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*