रहेनन् कलाकार सानु ताम्राकार
काठमाडौं । कलाकार सानु ताम्राकारको ७४ वर्षको उमेरमा निधन भएको छ । काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो ताम्राकारको निधन भएको हो ।
केही समयअघि छोरा सारुक घरमै छोरा मृत फेला परेपछि स्वास्थ्य अवस्था बिग्रिएर उनलाई नर्भिक अस्पताल, थापाथलीमा भर्ना गरिएको थियो। उनको शनिबार दिउँसो ३ बजेर २० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ।
साउन दोस्रो साता अस्पताल भर्ना भएका उनको पछिल्लो समय किड्नीमा समस्या देखिएको थियो। ताम्राकार तीन वर्ष चलचित्र कलाकार संघको कार्यवाहक अध्यक्षसमेत बनेका थिए। थुप्रै चलचित्रमा काम गरिसकेका ताम्राकारको शास्त्रीय नृत्यमा पनि रुचि थियो।
सानुले ‘मेरी मामु’, ‘भुइँ मान्छे’, ‘ग्याम्ब्लर’, ‘पल’लगायतका चलचित्रमा अभिनय गरेका थिए । ताम्राकारकी श्रीमती रुकमणि ताम्राकार छन् ।ताम्राकारका छोरा सारुक ताम्राकार गत असार २१ मा आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए । सारुक पनि फिल्मकर्मी थिए ।