तरकारीको भाऊ आकासिदा उपभोक्ता मारमा

काठमाडौं । शुक्रबार कालिमाटीमा गोलभेडाको भाऊ गत महिना भन्दा दोब्बर भएपछि उपभोक्ताले बजार भाउ आकिसएको बताएका हुन् । कालिमाटी स्थित फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रवार गोलभेडाको औसत १ सय १५ रुपैयाँ प्रति केजी तोकेपछि बजारमा बहसले भान्छादेखि टोल हुँदै सामाजिक सन्जालसम्म तताएको छ ।
कलिमाटीको मूल्य सूचीलाई आधार मानेर भन्ने हो भने टमाटर देखि अहिले सिजनमा पाइने तरकारीहरु समेतको बजार भाउ ह्वात्तै बढेको पाइन्छ
यस हप्ता सरसर्ती बजार मूल्य नियाल्ने हो भने टमाटरसँगै रायो साग, हरियो प्याज, करेला, भिन्डीको मूल्य पनि अत्याधिक नै बढेको छ ।
गत वर्षको मूल्यसुचीसँग तुलना गर्ने हो भने पनि यस वर्ष तरकारीको मूल्य अत्याधिक नै बृद्धि भएको देखिन्छ । गत वर्ष यही समयमा गोलभेडा प्रति केजी ४५ रुपैयाँ प्रतिकेजीमा विक्री भएको थियो ।