छात्रा बलात्कार गर्ने शिक्षक लामा पक्राउ

हेटौडा । मकवानपुरको मनहरी गाउँपालिका ६ का शिक्षक अमन लामालाई साँढे ३ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । छात्रा बलात्कार गरेको आरोपमा शिक्षक लामालाई इलाका प्रहरी कार्यालय मनहरीले पक्राउ गरेको हो ।
मकवानपुरको मनहरी गाउँपालिकास्थित एक निजी विद्यालयमा अध्ययन गर्ने बालिकालाई गत सोमबार बलत्कार गरेको र विहीबार पीडितको परिवारले इलाका प्रहरी कार्यालय मनहरीमा किटानी जाहेरी दिएको इलाका प्रहरी कार्यालय मनहरीका इन्चार्ज प्रहरी निरिक्षक विरेन्द्र पनेरुले बताए ।
प्रहरी निरीक्षक पनेरुका अनुसार २२ वर्षीय लामाले छात्रालाई स्कुलको शौचालयमा सोमबार बलात्कार गरेको बताए ।
पीडितका उजुरीका आधारमा लामालाई नियन्त्रणमा राखी जबर्जस्तीकरणी सम्बन्धी कसुरमा मुद्दा चलाएको छ । पीडित बालिकाको परिवारको निगरानीमा उपचार भइरहेको छ ।