१५ करोड लगानीमा पोखरामा कुन्ती मल

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा व्यापारीक मल सञ्चालनमा आएको छ ।
पोखराको जनतालाई दैनिक उपभोग्य वस्तु किन्न सहज र सर्वसुलभ होस भन्ने उद्देश्यल पृथ्बीचोकमा कुन्ती मल संचालन गरेको हो ।
पोखराका व्यवसायीहरु मिलेर सन्चालनमा ल्याइएको कुन्ती मलमा उपभोक्ताहरुलाई एउटै छानामा दैनिक उपभोग्य पाइने सञ्चालक मध्येका निरन्जन बजिमयले बताए ।
करिब १५ करोड लगानी भएको उक्त मलमा १ सय २३ वटा सटरहरु रहेका छन् ।