पृतनापति ट्रफीको विजेता बन्याे ७ नम्बर वाहिनी

हेटाैँडा । मध्यपृतना मुख्य कार्यालय हेटौंडाद्वारा आयोजित पृतनापति ट्रफी २०८० को विजेता ७ नम्बर वाहिनी भएको छ । उपविजेता भने ६ नम्बर वाहिनी भएको छ ।
साउन १९ गतेदेखि मध्यपृतनाको सुपारीटार ब्यारेकको खेल मैदान सुरु भएको विभिन्न खेल विधामा अग्रस्थान हासिल गरेर ७ नम्बर वाहिनी प्रथम हुन सफल भएको हो । बिहीबार भएको फुटबलको फाइनल खेलमा ७ नम्बर वाहिनीअन्तर्गत पर्ने गोरखबहादुर गण विजयी भएको छ ।
६ नम्बर वाहिनीअन्तर्गत पर्ने शिवदल गणलाई गोरखबहादुर गणले ७ गोल अन्तरले पराजित गरेको थियो ।