डेंगुका कारण हेटौंडामा एक जनाको मृत्यु
निरन्तर न्यूज
२६ श्रावण २०८०, शुक्रबार ०८:२९

हेटौंडा । मकवानपुरमा डेंगु संक्रमणबाट एक जनाको ज्यान गएको छ ।
ज्यान जानेमा हेटौंडा-१२ का ४१ वर्षीय एक पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
केही दिन अघि डेंगु पुष्टि भएका उनको उपचारको क्रममा बिहिबार चितवन मेडिकल कलेजमा ज्यान गएको जनस्वास्थ्य अधिकृत एंव सूचना अधिकारी लक्ष्मण घिमिरेले जनाएका छन्।