रिना बस्नेत मृत्युको रिपोर्ट नेगेटिम, प्रहरीले अनुसन्धान जारी राख्ने

निरन्तर न्यूज
२ जेष्ठ २०७६, बिहीबार १२:०१

विराटनगर । रिना बस्नेतको शव बेवारिसे अवस्थामा भेटिएपछि सुरु गरिएको पोस्टमार्टम जाँचको नतिजा नेगेटिभ भएको प्रहरीले जनाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको शवको पोस्टमार्टम रिपोर्ट मोरङकी २९ वर्षीया बस्नेतको हत्या नभएको पुष्टि मोरङ प्रहरीले जनाएको छ ।

पोस्टमार्टमका साथसाथै प्रहरीले रिनाको हत्या भएको आशंकामा ५९ जनाभन्दा बढीसँग सोधपुछ पनि गरेको थियो । तीमध्ये केहीको पोलिग्राफ टेस्ट पनि गरिएको थियो ।

रिनाका प्रेमी भनिएका कमल नेपाल, कमली पत्नी र मदन गुरागाईंको पोलिग्राफ टेस्ट गरिएको र यसबाट पनि रिनाको हत्या नगरिएको प्रमाणलाई जोड पुगेको प्रहरीले बताएको छ ।

७ वैशाखमा पथरीमा रिनाको शव उनी बस्ने घरकै अगाडि सडकमा भेटिएको थियो । उनका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा बाहिर छन् । उनी तेस्रो तलामा १४ वर्षे छोरासँगै बस्दै आएकी थिइन् ।

रिनाको शव भेटिएपछि स्थानीय अधिकारकर्मीले उनको हत्या भएको आशंका गरेका थिए । प्रहरीले हत्यारा लुकाउन प्रयास गरिरहेको भन्दै पथरीमा दैनिक विरोध पनि भइरहेको थियो । रिनाको मृत्युको वास्तविक पत्ता लगाउन दबाब दिने उद्देश्यले त्यहाँ स्थानीय महिलाहरुको अगुवाइमा संघर्ष समिति पनि बनेको छ ।

प्रहरीले चाहिँ पोलिग्राफी, पोस्टमार्टमलगायतको रिपोर्ट नेगेटिभ आए पनि अन्य अनुसन्धान जारी राख्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु