चिनियाँ राजदूत होउ यान्छी र नेकपा अध्यक्ष प्रचण्ड भेट
काठमाडौं : नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाइृ भेट्न प्रचण्ड निवास खुमलटार पुगेकी छिन्।
बुधबार भएकाे भेटमा राजदूत यान्छी र प्रचण्डकाे भेटमा दुई देशबीचको सम्बन्धको विषयमा छलफल भएको बताइएकाे छ ।
प्रचण्डको सचिवालयका अनुसार भेटवार्तामा हालैको राष्ट्रपति विद्या देवी भण्डारीको चीन भ्रमणको विषयमा छलफल भएको थियो। साथै भेटमा राजदूत यान्छीले आगामी महिना चीनमा हुने ‘साउथ एण्ड साउथ इष्ट एसिया कमोडिटी एक्स्पो एण्ड इन्भेष्टमेन्ट फेयर एसएसएसीईआईमा नेपालको सहभागिताको विषयमा आग्रह गरेकी थिइन्।
एक्स्पोमा नेपालको सहभागिताको विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। चीनको युनान प्रान्तको कुन्मिन सहरमा जुन १२ देखि १८ सम्म एक्स्पो हुँदै छ।