रक्त सञ्चार केन्द्रलाई रक्त तत्व निर्माण गर्ने मेसिन हस्तान्तरण

हेटाैँडा । हेटौंडा उपमहानगरपालिकाले रक्त सञ्चार केन्द्र हेटौंडालाई रक्त तत्व निर्माण गर्ने मेसिन हस्तान्तरण गरेको छ ।
रगत बर्गिकरणका लागि आवश्यक पर्ने १५ लाख रुपियाँ बराबरको मेसिनरी सामग्रीलाई शुक्रबार आयोजित एक कार्यक्रमका बिच बागमती प्रदेश सभाका सदस्य एकालाल श्रेष्ठले सामाग्री हस्तान्तरण गर्नु भयो । सामाग्री हस्तान्तरण गर्दै प्रदेश सदस्य श्रेष्ठले यसबाट हेटौंडामा उपचार गरीरहेका बिरामीहरुलाई अबका दिनमा रगत बर्गिकरणको समस्यले बाहिरी जिल्ला जानुपर्ने बाध्यता हटने बताउनु भयो ।
अमेरिकन रेडक्रसको सहयोगमा प्राप्त भएके सिंगो बर्गिकरणका लागि आवश्यक महत्वपुर्ण उपकरणहरु उपमहानगरपालिकाले केन्द्रलाई दिएको हो । उपमहानगरले प्लाजमालाई जिवित राख्नका लागि आवश्यक फ्रिज सहितको उपकरण दिएको हो भने अमेरिकन रेडक्रसले बर्गिकरण छुट्याउनका लागि आवश्यक मेसिन दिएको रक्त रञ्चार केन्द्रका प्रमुख टंक दाहालले बताउनु भयो । २०५२ सालमा स्थापना भएको रक्त सञ्चार केन्द्रले सञ्चालनमा ल्याएको बर्गिकरण मेसिनका लागि मनहरी गाउँपालिकाले कार्यालय व्यवस्थापनका लागि ७ लाख रुपियाँ खर्च गरेको प्रमुख दाहालले बताउनु भयो ।
उहाँका अनुसार मेसिनले प्लाजमा, प्लेटलेट र प्याकसेल निर्माण गर्ने जानकारी दिनु भयो । नेपाल रेडक्रस सोसाईटि मकवानपुरका सभापती लालबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य सेडाई, मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईको आतिथ्यता रहेको थियो ।