जन प्रतिनिधिलाई  युवति बलात्कारको आरोप

निरन्तर न्यूज
३१ बैशाख २०७६, मंगलवार २१:३२

ओखलढुंगा ।   स्थानीय तह वडा सदस्य पदमा विजयी जन प्रतिनिधिलाई  बलात्कारको आरोप लागेको छ ।  बलत्कार आराेप लाग्नेमा   ओखलढुंगाको लिखु गाउँपालिकाका वडा नं. ३ का वडा सदस्य विष्णु श्रेष्ठ हुन्  । श्रेष्ठ युवती बलात्कारको आरोपमा पक्राउ परेका हुन् ।

लामो समय देखी फरार रहेका श्रेष्ठलाई सोमबार ओखलढुंगा सदरमुकामबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक राजिब श्रेष्ठले जानकारी दिए । सदस्य श्रेष्ठले उनकै ईट्टा कारखानामा काम गर्ने एक युवतीलाई बलात्कार गरेको आरोप लागेको हो ।

कार्य क्षेत्रमै गत चैत ७ गते बलात्कार गरेको पीडित युवतीले ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । लामो समयसम्म घरपरिवार बाट समेत सम्पर्कविहिन भएका आरोपित श्रेष्ठलाई प्रहरी कार्यालयमा नै आउदै गर्दा प्रहरीले नियान्त्रण गरेको उनका छोराले बताएका छन् ।

आरोपित श्रेष्ठलाई पक्राउ गरि घटनाका विषयमा थप अध्ययन अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु