यूएई ‘ए’विरुद्ध नेपालको आक्रामक ब्याटिङ, कुशलले बनाए ३३ बलमा अर्धशतक

निरन्तर न्यूज
३ श्रावण २०८०, बुधबार १५:१६

काठमाडौं । नेपालले एसिसी इमर्जिङ टिम्स एसिया कपमा युएई एविरुद्ध उत्कृष्ट ब्याटिङ गरेको छ । नेपालका ओपनर कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै ३३ बलमा अर्धशतक बनाए । नेपालले १० ओभरमा १ विकेट गुमाउँदै ७३ रन बनाएको छ ।

कुशल भुर्तेल ३३ बलमा ८ चौका र २ छक्कासहित ५१ रनमा क्रिजमा छन् । उनलाई देव खनालले २६ बलमा ४ चौकासहित १८ रनमा साथ दिएका छन् । ओपनर अर्जुन साउद भने पहिलो बलमै आउट भएका थिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको युएई ४४ ओभरमा १ सय ५७ रनमा अल आउट भएको थियो । युएईका ओपनर लवप्रीत सिंहले ८२ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५२ रनको योगदान दिए ।

अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । युएई ए लाई सस्तैमा आउट गर्न नेपालका कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चेर सर्वाधिक ६ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु