घाममा ड्ढ्नबाट बच्ने उपाय

निरन्तर न्यूज
३१ बैशाख २०७६, मंगलवार ०६:१५

एजेन्सी – यस वर्षकाे  गर्मी महिना शुरु  भइसकेको छ । यस माैसममा  घरबाट बाहिर निस्केर शितलता खाेज्दै मानिसहरु नजिकैकाे  खाेला, तलाउ, नहर, स्विमिङ पुल लगायतका स्थानमा घुम्न मन पराउँछन् । तर, योसँगै घाममा डढ्ने समस्या पनि आउँछ । घाममा ड्ढ्नबाट बच्न वा डढिसकेको छालालाई जोगाउन निम्न उपाय अप्नाउन सकिन्छ :

– छालालाई चिसो र शान्त बनाउन दिनमा दुई पटक चिसो पानीले नुहाउनुहोस् । यसले डढिसकेको छालाको दाग हटाउँछ।
– घामले डढेर छाला राता भएको वा फुटेको ठाँउमा काँचो आलुलाई पिसेर दल्नुहोस् र नुहाउनुहोस्।
– जौको खोले हालेर नुहाँउदा पनि घामले डढेको दाग हट्छ।
– घ्युकुमारीमा छालालाई शान्त र शितल प्रदान गर्ने तत्व हुन्छ। घ्युकुमारीको रस निकालेर केही समय फ्रिजमा राख्नुहोस् र छालामा लगाउनुहोस्।

– चिसो दुधले शरिरलाई पखाल्दा पनि शरिर डढेको निको हुन्छ।
– काँक्रोलाई टुक्रा–टुक्रा पार्नुहोस् र त्यसलाई पिसेर तरल बनाउनुहोस्। यो रसलाई शरिरको प्रभावित क्षेत्रमा दल्नुहोस् घामले डढेको केही दिनमै हराउँछ।
– कालो चियामा पनि एन्टि–अक्सिडियन्ट तत्व हुन्छ । घामबाट डढेको छालाको सौन्दर्यलाई पूर्ववत अवस्थामा फर्काउन कालो चियाको केही थोपा लगाउनुहोस्।

– पुदिना प्राकृतिक रुपमा नै शितलता प्रदान गर्ने चिज हो। तसर्थ दैनिक एक गिलास पुदिनाको जुस खाएर पनि घामबाट डढेको छालामा निखारता ल्याउन सकिन्छ।
– कटनको कपडालाई भिनेगरमा भिजाउनुहोस् र घामले डढेको भागमा लगाउनुहोस्।
– उपचार गर्न भन्दा रोकथाम गर्नु उत्तम भने जस्तो घाममा जानुभन्दा अगाडि अनुहारमा लोसन लगाउनुहोस्।
– चर्को घाममा जानुअघि घामबाट बच्ने ठूलो चस्मा लगाउनुहोस्।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु