गर्मी बढेसँगै जनजीवन कष्टकर

निरन्तर न्यूज
३० बैशाख २०७६, सोमबार २२:२०

सिरहा । तराईका विभिन्न जिल्लाहरुमा गर्मी बढेसँगै जनजीवन कष्टकर बन्न थालेको छ । गत साताबाट मधेशमा बढेको तापक्रमले जनजीवन प्रभावित भएको हो ।

गर्मीका कारण नागरिकको स्वास्थ्यमा पनि असर परेको छ । गर्मी बढेपछि घर÷पसलबाट निस्कनै नसक्ने अवस्था छ । गर्मीका कारण बजारमा मानिसको चहलपहल समेत कम भएको छ ।

गर्मीका कारण अस्पतालमा झाडापखला, रुघाखोकी तथा ज्वरोका बिरामीको चाप बढ्नुका साथै सर्पदंशको घटनासमेत बढ्न थालेको चिकित्सकहरुले  बताएका छन् ।

गर्मी बढेपछि जमिनमुनि बस्ने सर्प बाहिर निस्कन थालेको र सर्वसाधारणलाई टोक्नेक्रम बढेकाले जिल्लाका अस्पतालसहित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा बिरामीको चाप पनि बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु