चीनमा इलेक्ट्रिक स्कुटर: २० पैसाको बिजुलीले १ किमि गुड्ने

निरन्तर न्यूज
३० बैशाख २०७६, सोमबार २१:४४

काठमाडौँ । विश्वमा  पछिल्लो समय  विद्युतीय उपकरणाकाे बजारमा निकै माग बढिरहेको छ ।  पेट्रोल पनि नचाहिने र महङ्गो मूल्य पनि नपर्ने भएपछी यसले बजारमा निकै ठाउ लिदै गएको छ ।

यस्तै चीनकाे  बजारमा यस्तो सवारीको साधन आएको छ, जुन २० रुपैयाँ बराबरको बिजुलीले चार्ज गरेर १ सय किलोमिटर गुडाउन सकिन्छ । सुन्दा अपत्यारिलो लाग्न सक्छ, तर यो सत्य हो । बजारमा यस्तो विद्युतीय स्कुटर आइसकेको छ ।

चीनको प्रशिद्ध मोटर कम्पनी बेलिङले निर्माण गरेको ५७८ जेट नामक विद्युतीय स्कुटरले प्रति किलोमिटर २० पैसाको मात्रै विद्युतीय उर्जा खपत गर्छ अर्थात २० पैसा बराबरको विद्युतले चार्ज गर्दा एक किलोमिटर माइलेज दिन्छ ।

चीनको बेलिङग कम्पनीले ५७८ जेट स्कुटर कम्पनीले २० रुपैयाँ बराबरको विद्युत चार्ज गरेर १०० किलोमिटरसम्म गुड्ने सकिने जनाइएको छ । मूल्यमा र मर्मत खर्च अरुको तुलनामा न्युन रहको कम्पनीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*