हेटौंडामा मिडिया कप फुटसलकाे उपाधि एन्ड्रसलाई

हेटाैँडा । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा मकवानपुरले हेटौंडामा आयोजना गरेको ‘मिडिया कप फुटसल’ प्रतियोगिताको उपाधि सक्रिय पत्रकारहरुको समूह एन्ड्रसले हात पारेको छ ।
शनिबार भएको फाइनलमा रेडियो मकवानपुर/प्रदेश दैनिकलाई २–१ गोल अन्तरले पराजित गर्दै एन्ड्रसले उपाधि हात पारेको हो । एन्ड्रसको जितमा सरोज पौडेल र रविन्द्र वाइवाले १–१ गोल गरेका थिए ।
एन्ड्रसले नवयुग मिडिया प्रालिलाई र रेडियो मकवानपुरले आयोजक खेलकुद पत्रकार मञ्चलाई पराजित गर्दै उपाधि प्रतिस्पर्धीको लागि सफल भएको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी उपविजेता टोली रेडियो मकवानपुरका पोष्टराज अधिकारी घोषित भएका थिए ।
खेलकुद पत्रकार मञ्चका अध्यक्ष राजन दाहालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता एवम् हेटौंडा–१ का वडाध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।