मलेसियालाई हराउँदै एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटकाे च्याम्पियन बन्यो नेपाल

काठमाडौं ।नेपालले लगातार तेस्रो पल्ट एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । फाईनलमा फाइनलमा घरेलु टोली मलेसियालाई २२१ रनको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि जितेको हो । नेपाले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्यो । एसियाली क्रिकेट काउन्सिलले यसअघि एसीसी यू–१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजजा गरेको थियो र नेपालले २०१७ र २०१९ मा लगातार उपाधि जितेको थियो । त्यसैले नेपालको यो उपाधिमा ह्याट्रिक हो ।
नेपालविरुद्ध २५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा मात्र ३१ रन बनाएर अल आउट भयो । मलेसियाका मोहमद अक्रमले १० रन बनाउनु बाहेक अरु ब्याटरले दोहोर स्कोरमा रन जोड्न सकेनन् । मलेसयाका ५ जना ब्याटरले खाता समेत खोल्न सकेनन् ।
नेपालका अभिषेक तिवारीले ५ तथा सन्तोष यादवले ३ विकेट लिए । ६ ओभर बलिङ् गरेका तिवारीले १ मेडन राखेर जम्मा ७ रन मात्र दिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नरेन भट्टको शतक मद्दतमा ८ विकेट गुमाएर ३५ ओभरमा २५२ रन बनाएको थियो ।नेपालका लागि नरेन भट्ट एक्लैले ८९ बलमा सर्बाधिक नटआउट ११२ रनको योगदान गरे । उनले १० चौका र दुई छक्का मद्दतमा ११२ रन बनाए ।
नेपालका लागि निरजकुमार यादवले ४७, सन्तोष यादवले २६, सूर्यांशु कोइरालाले १८, अशोक धामीले ११, दिपु कुमारले ५, क्याप्टेन अभिशेक तिवारीले ४, आशिष लुहारले २ र प्रतिक भट्टराईले एक रन बनाए । नेपालले २६ रन अतिरिक्त पायो ।मलेसियाका मोहम्मद अकरमले तीन तथा हजिक हाइकल, अरिन अक्ल र मुहम्मद फथुल मुइनले समान एक-एक विकेट लिए ।