कांग्रेसले सडक र संसदमा संघर्ष गर्ने : देउवा
निरन्तर न्यूज
३० बैशाख २०७६, सोमबार ०७:०७

काठमाडौँ । प्रेसलाई नियन्त्रण गर्न बनेको विधेयक पारित भए पत्रकारमाथि कू हुने प्रमुख प्रतिपक्षि दल कांग्रेसले जनाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार भएको पत्रकार सम्मेलनमा सभापति शेरबहादुर देउवाले सञ्चार जगतमाथि कू हुनेगरी विधेयक ल्याएको बताएका छन् ।
यो विधेयक फिर्ता नलिए कांग्रेसले सडक र संसदमा संघर्ष गर्ने उनले बताए ।