१ करोड विजेता बने राजीव जैन

काे बन्छ करोडपति
निरन्तर न्यूज
३० बैशाख २०७६, सोमबार ०६:५२

काठमाडौं- को बन्छ करोडपतिमा मोरङका राजीव जैनले १ करोड जितेका छन् । को बन्छ करोडपतिमा एक करोड जित्ने उनी पहिलो हुन् ।

मोरङका  व्यवसाय गर्ने जैन  भारतको विश्वविद्यालयबाट एमबिए गरेका छन् । यस अघि यो कार्यक्रमको भारतीय संस्करण काैन बनेका कराेडपतिमा पनि सहभागी हुन पुुुगेको उनले बताए । तर त्यसमा उनी हट सिटमा बस्न सफल भएका थिएनन् ।

आइतबार एपिवान टिभीबाट प्रसारित कार्यक्रममा राजीवले नेपालमा प्रजातन्त्रत स्थापना भएपछिकाे पहिलाे निर्वाचन कहिले घाेषणा भएकाे थियाे भन्ने अन्तिम प्रश्नकाे सही जवाफ दिएर एक कराेड विजेता बनेका थिए । उनलाई कार्यक्रम सञ्चालक अभिनेता राजेश हमालले एक कराेड रुपैयाकाे चेक दिएका दिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु