द्वन्द्वबाट विस्थापित सिरियालीहरु स्वदेश फर्किए

निरन्तर न्यूज
३० बैशाख २०७६, सोमबार ०६:३१

एजेन्सी। द्वन्द्वबाट विस्थापित भई लेबनानमा शरणार्थी जीवन विताइरहेका  सिरियालीहरु स्वदेश फर्किएका छन् । लेबनान पुगेका करिब २ लाख सिरियालीहरु सन् २०१७ देखि स्वदेश फर्किन थालेका  हुन् ।

उनीहरूलाई स्वदेश फर्काउन लेबनानका सुरक्षा निकायले सिरियाली अधिकारीसँग समन्वय गरिरहेकाे अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।

सिरियाली अधिकारीका अनुसार सन् २०१८ मा सिरिया फर्किनेको संख्या अत्यधिक रहेकाे थियाे ।

सिरियाले लेबनानमा रहेका शरणार्थी स्विकार्ने जनाएपछि उनीहरूलाई स्वदेश फिर्ती प्रक्रिया अगाडी बढाउने गरिएको लेबनानी अधिकारीले बताएका छन् । यतिबेला रमादानका कारण स्वदेश फर्किनेको संख्या घटे पनि त्यसपछि सिरिया फर्किनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

लेबनानमा रहेको संयुक्त राष्ट्रसंघीय कार्यालयमा झन्डै १० लाख सिरियाली शरणार्थीकाे दर्ता भएपनि लेबनानले सिरियाली शरणार्थीको संख्या १५ लाखभन्दा धेरै रहेको बताएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*