‘स्टुडेण्ड अफ दि एयर २’ झुर फिल्म : दर्शक

काठमाडौँ । बलिउडका चर्चीत फिल्म निर्माता हुन् करण जोहर ।
उनको फिल्म स्टुडेण्ड अफ दि एयर २ ले बक्स अफिसमा धमाकेदार कमाइ गर्ने अपेक्षा लिइएको थियो ।
तर, फिल्मले बक्स अफिसमा खासै गतिलो कमाइ गर्न सकेन । फिल्मको रिभ्यु पनि खासै राम्रो नआएपछि फिल्मको कमाइमा ओरालो लागेको बताइएको छ ।
फिल्मले पहिलो दिन १२ करोडको कमाइ गर्न सफल भएको थियो ।
यो फिल्म पनि कलंक झै फ्लप हुने समिक्षकहरुले बताएका छन् ।
फिल्म हेरिसकेपछि फ्यानहरुले झुर फिल्मको संज्ञा दिएका छन् । उनीहरुले करन जोहरलाई गाली समेत गरेका छन् ।