मकवानपुर रोटरीद्वारा हेटौँडा अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

निरन्तर न्यूज
१३ असार २०८०, बुधबार १९:४७

हेटौंडा । हेटौंडा अस्पतालका लागि रोटरी क्लब अफ माकवानपुरले मुटुसँग सम्बन्धित उपकरणहरु हस्तान्तरण गरेको छ ।

मुटु सम्वन्धी स्वास्थ्य समस्या भएकाहरुको उपचारमा सहयोग गर्ने उद्देश्यले ८८ लाख ६० हजार ४ सय ७२ रुपैयाँ बराबरको  सामान हस्तान्तरण गरिएको क्लबका अध्यक्ष कृष्ण कार्कीले बताए । रोटरीले अस्पतालका लागि टीएमटी स्क्यान, इसीजी मेसिन, होल्टर सिस्टम मेसिन लगायतका सामाग्री हस्तान्तरण गरेको कार्कीले बताए ।

यसमा हेटौंडा उपमहानगरपालिका सहित विभिन्न देशमा रहेका रोटरिएनहरुले सहयोग गरेका छन् । रोटरीले उपचारका लागि इको कार्डियो मेशिन हस्तान्तरण गरेको हो । सामाग्री सहयोग गरेपछी अब हेटौंडा अस्पतालमा मुटु सम्वन्धी उपचार गर्नुपर्ने बिरामीका लागि सहज हुने अस्पतालका अध्यक्ष राजेश प्रसाईले बताए ।

सामाग्री हस्तान्तरण गर्नुअघि पत्रकार सम्मेलन गर्दै यसका बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा हेटौंडा अस्पतालका निमित्त मेसु डा. रामचन्द्र सापकोटा, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, जिल्ला अध्यक्ष मणिराज गौतम लगायतकाको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु