समाजवादी पार्टीद्वारा सत्यमाेहन जाेशीलाई अभिनन्दन

निरन्तर न्यूज
२९ बैशाख २०७६, आईतवार २३:१५

ललितपुर । स‌ंस्कृतविद् सत्यमाेहन जाेशीकाे सयाैँ वर्ष पुगेकाे अवसरमा समाजवादी पार्टीद्वारा  अभिनन्दन गरिएकाे छ ।

समाजबादी पार्टीका अध्यक्षद्वय पुर्बप्रधानमन्त्री डा.बाबुराम भट्टराइ र उप-प्रधानमन्त्री उपेन्द्र यादवले सस्कृतिकविद्  जोशीको १०० औं जन्मदिनको पूर्व सन्ध्यामा वहाँकै निवास पुगेर अभिनन्दन पत्र सहित सम्मान गर्नुभएकाे थियाे ।

सम्मान पश्चात डा‍  भट्टराईले आफ्नाे फेसबुक पेजमा लेखेका छन्  ‘सयौं शुभ-जन्मोत्सवको उपलक्ष्यमा मूर्धन्य संस्कृतिविद्,भाषाविद् र एक असल मानव सत्यमोहन जोशीलाई हार्दिक वधाइ तथा स्वस्थ/दीर्घ जीवनको शुभकामना!’

जाेशीलाई  नेपालको विविध भाषा, साहित्य र संस्कृतिको संरक्षण र सम्वर्द्धनमा अतुलनीय योगदान पुर्‍याउनुभएका भन्दै सम्मान गरिएकाे हाे ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*