साेमबार प्रदेश २ मा सार्वजनिक विदा

निरन्तर न्यूज
२९ बैशाख २०७६, आईतवार १७:४६

जनकपुरधाम । प्रदेश नम्बर २ सरकारले भोलि (सोमवार) जानकी नवमीकाे अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले आइतवार विज्ञप्ति जारी गर्दै जानकी नवमीको अवसर पारेर वैशाख ३० गते सोमवार सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन् ।

सबैमा सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै मुख्यमन्त्री राउतले जानकी नवमीलाई भव्यता प्रदान गर्दै हर्षाेल्लासका साथ मनाउन प्रदेश सरकारले विदा दिएकाे विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु