हेटौंडा अस्पतालको सेवा प्रभावित बनाउनेलागेकाे एमाले मकवानपुरकाे आपत्ति

निरन्तर न्यूज
५ असार २०८०, मंगलवार १२:५३

हेटौंडा । हेटौंडा अस्पतालको सेवा प्रभावित बनाउने र यसलाई तहसनहस बनाउन लागिएको प्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आपत्ति जनाएको छ ।

एमाले मकवानपुरका अध्यक्ष एका लाल श्रेष्ठले आज बिज्ञप्ती जारी गर्दै हालको सरकारले नियमित रुपमा सञ्चालन भइरहेको र प्रदेशको गौरवको रुपमा विकास हुँदै गएको मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुलाई उपलब्ध गराउनुपर्ने तलब सुविधा कटौती गर्दै २१४ भन्दा बढी स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई जागिरबाटै निकाल्ने लागिएको प्रति आपत्ति जनाउनुभयो ।

बागमती प्रदेश सरकारले बजेट कटौती गरेर अस्पतालको सेवा प्रभावित बनाउने तथा अति महत्वपूर्ण स्वास्थ्य संस्थालाई तहसनहस बनाउने उद्देश्यले जनभावना विपरित काम गरिरहेको अध्यक्ष श्रेष्ठद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

स्वास्थ्य जस्तो संवेदनशील विषयमा सबैको प्रदेश सरकार अभिभावक बन्नु पर्ने भएपनि नागरिकहरुको स्वास्थ्यमा खेलबाड गरिरहेको अध्यक्ष श्रेष्ठद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

हेटौंडा अस्पतालालाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग नगर्न सम्मानित अदालतबाट भएको आदेशको अवहेलना गर्दै तथा सरकार आफैले बनाएको कानूनको समेत उल्लङ्घन गर्दै हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट पुन अलग्याउने कुचेष्टा भइरहेकोले यस्ता दुष्प्रयत्नहरु तत्काल रोक्न, प्रतिष्ठानलाई विनियोजन हुँदै आएको बजेट कटौती गरेर अस्पतालको उपचार सेवामा असन्तुलन ल्याउने काम बन्द गर्न तथा प्रतिष्ठान एवं अस्पतालमा कार्यरत कर्मचारीहरुको पेशागत सुरक्षा गर्न नेकपा एमाले मकवानपुरले माग गरेको छ । गुणस्तरीय स्वास्थ्य सेवा मकवानपुरबासीको सदियौंको सपनामाथि धावा नबोल्न एमालेको खवरदारी छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु