निर्माण सामग्री संघमा कृष्णराम सर्वसम्मत

हेटौँडा । निर्माण सामग्री व्यवसायी संघ मकवानपुरको अध्यक्षमा कृष्णराम न्यौपाने सर्वसम्मत चयन भएका छन् । न्यौपाने संघको आठौं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । संघका संस्थापक अध्यक्ष समेत रहेका न्यौपाने सहित उपाध्यक्षमा बालकृष्ण बजगाइँ, सचिवमा पुरुषोत्तम पौडेल, सहसचिवमा नारायणप्रसाद बर्तौला, कोषाध्यक्षमा स्वयम्भु शाक्य चयन भएका छन् । यसैगरी सदस्यहरुमा गोपाल श्रेष्ठ र हरिशचन्द्र बर्तौला रोशन सापकोटा, सुदिप तिमल्सिना, मनु सिनुरिया बनियाँ चयन भएका छन् ।
संघका अध्यक्ष रवि नेपालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको प्रमुख आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, उपाध्यक्ष रामप्रसाद न्यौपाने, निर्माण सामग्री व्यवसायी संघका सल्लाहकार अशोक शाक्य लगायतको उपस्थिति रहेको थियो ।