नेपाल आँखा अस्पतालकाे बारामा शाखा

निरन्तर न्यूज
२९ बैशाख २०७६, आईतवार १५:१२

काठमाडौं । नेपाल आँखा अस्पतालकाे बारामा शाखा अस्पताल शुरू हुने भएको छ ।

बाराकाे सिमरा उप महानगरपालिकाको वडा नम्बर ४ निवासी कासिम मियाँले अस्पतालकाे लागि  करीब २ कराेड  रूपैया पर्ने ५ कठ्ठा जमिन निःशुल्क प्रदान गरेपछि सिमराामा अस्पतालले शाखा शुरू गर्ने भएको हो ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेले उक्त अस्पताललाई मोतियाविन्दु उपचारको लागि अत्याधुनिक अस्पतालको रुपमा विकास गरिने जानकारी दिए । तराइका जिल्लामा मोतियाविन्दुको बिरामी बढी हुने भएकाले अस्पतालले अत्याधुनिक उपकरण, प्रविधिसहित अस्पताल निर्माण गर्ने योजना बनाएको छ ।

घलेले दुई वर्षभित्र निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य राखी पूर्वाधार निर्माण गर्ने कार्य अघि बढाइएको बताए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु