आईसीसी क्रिकेट विश्वकप छनोटमा नेपालले पहिलाे ब्याटिङ गर्ने

निरन्तर न्यूज
३ असार २०८०, आईतवार १२:५१

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमा नेपालले घरेलु टोली जिम्बाब्बेविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

हरारेमा हुने खेलमा जिम्बाब्बेले टस जितेर बलिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

नेपालले पाँच वर्षपछि जिम्बाब्बेसँग ५० ओभरको खेल खेल्न लागेको हो । नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्रसँग खेल्न लागेको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु