बिष सेवन गरि आत्महत्या

निरन्तर न्यूज
२९ बैशाख २०७६, आईतवार १५:०१

हेटौडा । हेटौडा उपमहानगरपालिका ५ शान्तिनगरमा एक युवतीले आत्महत्या गरेकी छिन् ।

भीमफेदी गाउँपालिका वडा नं ८ इपा की २२ बर्षिय मनिषा ब्लोनले बिष सेवन गरि आत्महत्या गरेको जिल्ला प्रहरि कार्यालय मकवानपुरले जनाएको छ । बिहिबार बेलुका विष सेवन गरि अचेत अवस्थामा फेला परेकी  ब्लोनलाइ अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरिले जनाएको छ । भीमफेदी गाउँपालिका वडा नं ८ इपा स्थायी घर भएकी ब्लोन शान्तिनगरस्थित प्रदीप कठायतको घरमा बस्दै आएकी थिइन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*