उपचार गर्न देउवा पुगे सिंगापुर

निरन्तर न्यूज
३१ जेष्ठ २०८०, बुधबार १३:१४

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन् । स्वास्थ्य उपचारका लागि गएराति पूर्व प्रधानमन्त्री देउवा सिंगापुर पुगेको उनको सचिवालयले जनाएको छ । उपचारको पूर्व तयारीका लागि श्रीमती आरजु राणा पहिला नै सिंगापुर पुगेकी छन् ।

देउवाको सचिवालयका अनुसार २र२ वर्षमा नियमित स्वास्थ्य उपचारका जानुपर्नेमा यस पटक ३ वर्षपछि देउवा सिंगापुर पुगेका हुन् । पेटमा समस्या देखा परे पछि उनी तीन वर्ष अघि पनि सिंगापुर गएका थिए ।

उनी एक सातापछि स्वदेश फर्किने कांग्रेस केन्द्रीय कार्यालय सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु