दैलेखकाे बालुवाटार केन्द्रविन्दु भएर भुकम्प
निरन्तर न्यूज
२९ बैशाख २०७६, आईतवार १३:१६

काठमाण्डौ । दैलेख जिल्लाको नौमुले गाउँपालिकास्थित बालुवाटार केन्द्रविन्दु भएर गएराति भुकम्प गएको छ ।
राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार बालुवाटार केन्द्रविन्दु भएर गएराति ५.१ रेक्टर स्केलको भुकम्प गएको हो । भूकम्पको धक्का दैलेखसँगै आसपासका जिल्लाहरुमा पनि महसुस भएको छ ।
भूकम्पले केही घरहरुमा क्षति पुगेको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।