कुलेखानीकाे तेस्रो आयोजना पनि तयार, १५ दिनभित्रै सबै परिक्षण

निरन्तर न्यूज
२९ बैशाख २०७६, आईतवार १३:००

हेटौडा । मकवानपुरमा नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको कुलेखानी तेस्रो आयोजना अन्तिम चरणमा पुगेको छ ।  आयोजनाको सबै काम सम्पन्न भएको र  लोड परिक्षण समेत १५ दिनमा गिर नियमित विद्युत उत्पादन सुरु गर्ने जनाएको छ ।

प्राधिकरणले जनाए अनुसार १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको सम्पन्न भएको छ, साथै आयोजनामा जडित संरचना तथा उपकरणको परीक्षण १५ दिनभित्रमा सम्पन्न गरी नियमित विद्युत उत्पादन सुरु हुनेछ । सो आयोजना अवलोकन गर्न शनिबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफै हेटौडा पुगेका थिए ।

आयोजनाको विद्युतगृहमा रहेका उपकरणहरुबाट विद्युत् उत्पादन नगरी गरिने परिक्षण वेट एण्ड नो लोड टेस्टिङ १५ दिनभित्रमा सम्पन्न गर्ने प्रतिबद्धता ठेकेदार र परामर्शदाता कम्पनीहरुले जनाएका छन् । प्राधिकरणका कार्यकारी निर्देशक घिसिले आयोजनाको अवस्था अवलोकन गरेपछि आईतबार नै निर्माण कम्पनीलाई भुक्तानी पठाएका छन् । मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी हालेर गरिने परीक्षण सम्पन्न भइसकेको छ । ‘विद्युत् गृहका टर्वाइन, जेनेरेटर लगायतका इलेक्ट्रोमेकानिकल उपकरणहरुको जडान करिब सम्पन्न भइसकेको छ, अहिले उपकरणहरुको ड्राई टेष्ट भइरहेको छ, सुरुङ पेनस्टक पाइप हुँदै मेन इनलेटभल्वसम्मका सम्पूर्ण संरचना तथा उपकरणहरुको परीक्षण भइसकेको छ’, घिसिङले भूगोलन्यूजसँग भने ।

हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनियाँ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेड र त्यसको नेपाली साझेदार कम्पनी हुलास इन्जिनियरिङ एण्ड कन्ट्रक्सनको लापरबाही र कमजोर कार्यसम्पादनका आयोजनाको निर्माण ढिलाइ भएको हो । कार्यकारी निर्देशक घिसिङले निर्माणस्थलबाटै भारतमा रहेका हुसालका शरद गोल्छालाई टेलिफोन गरी अझै निर्माणमा लापरबाही गरी कम्पनीले अन्य स्थानमा लिएको ठेक्का टोडी कालोसूचीमा राख्ने चेतावनी दिएको सूत्रले जनाएको छ ।

प्राधिकरण र कम्पनीबीच हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकलका उपकरणहरुको आपूर्ति, जडान र संचालनका लागि ५० लाख अमेरिकी डलर र २४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ढिलो काम गरेबापत ठेक्का रकमको १० प्रतिशतले हुन आउने रकम (झन्डै ७ करोड रुपैयाँ) जरिवाना कम्पनीबाट अशुल्ने निर्णय प्राधिकरणले गरेको थियो ।
प्रसारण लाइनको तीनमध्ये दुई वटा टावरको निर्माण सकिएको छ । कम्पनीले बाँकी एउटा टावर खडा गरिरहेको छ । त्यसपछि ५ सय मिटर तार तान्नुपर्ने काम भने अझै बाँकी छ । ठेकेदार कम्पनीले यो काम एकहप्ताभित्रमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

आयोजनाले कुलेखानी जलाशयको नियन्त्रित वहाव र खानी खोलाको थप पानी प्रयोग गर्ने छ । कुलेखानी तेस्रो कुलेखानी पहिलो र दोस्रो आयोजनाको क्यास्केड आयोजना हो । नेपाल सरकार र विद्युत प्राधिकरणको लगानीमा निर्माण भइरहेको हो । आयोजनाको सुरुको लागत २ अर्ब ३३ करोड रुपैयाँ थियो । निर्माण अवधि बढेसँगै आयोजनाको लागत ४ अर्ब ६३ करोड रुपैयाँ पुग्ने संसोधित अनुमान छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु