आजबाट हेटौँडामा रास्ट्रब्यापी चेस प्रतियोगिता शुरु हुने

निरन्तर न्यूज
२९ बैशाख २०८०, शुक्रबार ०९:०१

हेटौंडा । आजबाट हेटौँडामा मेयर कप राष्ट्रव्यापी रेटिङ बुद्धिचाल (चेस) प्रतियोगिता सुरु हुँदै छ । मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा हुने प्रतियोगिता जेठ ३ गतेसम्म चल्ने छ ।

@स्वीस लिग प्रणाली अनुसार नवौं चरणसम्म सञ्चालन हुने प्रतियोगितामा एकसाय जना खेलाडीको सहभागीता रहने प्रतियोगिताको निर्देशक समेत रहेका नेपाल बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धरम बहादुर लामाले जानकारी दिए ।

प्रतियोगितामा फिडे मास्टर रुपेश जैसवाल, क्षितिज भण्डारी, पूर्व नेपाल च्याम्पियनहरु बद्रीलाल नेपाली, सुरवीर लामा, विलमलाल श्रेष्ठ, नवीन तण्डुकार लगायत एकसय जना खेलाडीको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेताले नगद एकलाख, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । यस्तै प्रतियोगिताको चौथौ र पाँचौ हुनेले जनही २० हजार र छैठौं देखि दशौँ स्थान सम्म हुने खेलाडीले जनही १५ हजार नगद पाउँने छन् ।
प्रतियोगिताको आयोजक मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठले उत्कृष्ट महिला, भेट्रान, अनरेटेड खेलाडी गरी २१ जना खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको जानकारी दिए । उनले पुरस्कारमा मात्रै नगद ४ लाख रुपैयाँ खर्च हुने र सम्पूर्ण प्रतियोगिता सञ्चालनका लागी १५ लाख खचै हुने बताए ।
प्रतियोगिता सञ्चालनका लागि हेटौंडा उपमहानगरपालिका, बागमती प्रदेश खेलकुद विकास परिषद्, नारायणी यातायात प्रा.लि लगायतले सहयोग रहने अध्यक्ष श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु