एसीसी प्रिमियर कपमा नेपाल समूह विजेता बन्दै सेमिफाईनलमा

काठमाडौं । एसीसी प्रिमियर कपमा कतारविरुद्ध खराब ब्याटिङ गरेर १५७ रनमा अलआउट भएको नेपालले उत्कृष्ट बलिङ गर्दै जित हासिल गरेको छ । कीर्तिपुरमा नेपालले कतारलाई ६८ रनले पराजित गर्यो ।
जितसँगै नेपाल अपराजित रहँदै समूह विजेता बनेर सेमिफाईनल प्रवेश गरेको छ । अब नेपालले सेमिफाइनलमा समूह बीको उपविजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ
सामान्य योगफलको रक्षा गर्ने क्रममा बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दै जित दिलाएका हुन् । नेपालको जितमा सन्दीप लामिछाने नायक बने ।
नेपालका लागि सन्दीप लामिछानेले ५ तथा सोमपाल कामीले ३ विकेट लिए । सन्दीपले ९ दशमलब १ ओभरमा १४ रन खर्चिएर ५ विकेट लिएका थिए । ललितनारायण राजवंशीले २ विकेट लिए।
नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको कतार २५ दशमलब १ ओभरमा ८९ रन बनाउँदै अलआउट भयो।
कतारका लागि तीन खेलाडीले मात्र दोहारो अंकमा रन बनाए । खुर्रम शाहजाद र जाहिर ईब्राहिमले समान १५र१५ तथा अमिर फरिकले १४ रन बनाए ।
यसअघि पहिलो ब्याटिङ गरेको नेपालले नेपालले ४० ओभर ३ बलमा अलआउट हुँदै १५७ रन जोडेको थियो ।
नेपाललाई यो योगफलसम्म पुर्याउन सन्दीप लामिछानेले सबैभन्दा धेरै ४२ रनको योगदान गरे । सन्दीप लामिछाने र ललित राजवंशीले दशौं विकेटका लागि ४६ रनको साझेदारी गरे । ५८ बल खेलेका सन्दीप ६ चौका प्रहार गर्दै नटआउट रहे । ललित १७ बल खेलेर १ रन बनाउँदै आउट भए ।
सन्दीपले रन बनाइरहँदा अर्को किनारमा विकेट विकेट जोगाउँदै साथ दिएका ललित ४१ औं ओभरको तेस्रो बलमा एलबी डब्ल्यू धरापमा परे । बलियो मानिएको नेपालको ब्याटिङ कतार सामू धराशायी हुँदै एक एक गरेर विकेट गुमायो।
नेपालका लागि कप्तान रोहित पौडेलले २७ आसिफ शेखले १९, दीपेन्द्रसिंह ऐरीले १२, आरिफ शेख ११ र सोमपाल कामीले ११, गुल्सन झाले ७, भीम सार्की ६, कुशल मल्ल ३ र कुशल भूर्तेल २ रन बनाए ।