खेलकुद पत्रकार मञ्च मकवानपुरले तालिम र फुटसल प्रतियोगिता गर्ने

निरन्तर न्यूज
२० चैत्र २०७९, सोमबार १०:५१

हेटौंडा । खेलकुद पत्रकार मञ्च मकवानपुरले पत्रकारीता तालिम र खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ । मञ्चका अध्यक्ष राजन दाहालको अध्यक्षतामा आइतबार बसेको बैठकले जिल्लामा खेल पत्रकारीतामा चासो राख्ने पत्रकारहरुका लागि दुई दिने तालिम र मैत्रिपुर्ण मिडियाकप रनिङशिल्ड फुटसल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ ।

मञ्चले २०८० बैशाख १५ र १६ गते पत्रकारीता तालिम र २९ र ३० गते फुटसल प्रतियोगिता गर्ने निर्णय गरेको मञ्चका सचिब गणेश दर्पण अधिकारीले जानकारी दिए । मञ्चले गर्ने तालिमको संयोजन सचिब अधिकारीले गर्ने छन् भने फुटबल प्रतियोगिताको संयोजक नबिन तिमल्सिनाले गर्ने छन् । दुबै कार्यक्रम आयोजनाका लागि हेटौंडा उपमहानगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । फुटसल प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष राजन दाहालले बताए ।

यस्तै बैठकले मञ्चको कोषाध्यक्ष रहेका सुदिप शिवाकोटी रोजगारीको शिलशिलामा बिदेश रहेकाले कार्यसमिति सदस्य पुष्पराज अधिकारीलाई कोषाध्यक्षको जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु