पपुवा न्युगिनीलाई हराउँदै नेपाली क्रीकेट टिम बिश्वकप क्वालिफायर यात्रा नजिक

निरन्तर न्यूज
२९ फाल्गुन २०७९, सोमबार १८:५०

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृंखलामा पपुवा न्युगिनी पीएनजीविरुद्धको खेल ९ विकेटले  जितेको छ ।

त्रिभुवन विश्वबिध्यालयको क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा पाएको ९५ रनको सामान्य लक्ष्य नेपालले १ विकेट गुमाएर सजिलै भेट्टाएको हो ।

घरेलु मैदानमा भइरहेको लिग टू को अन्तिम शृंखलामा लगातार तीन खेल जितेपछि अब नेपाल विश्वकप क्वालिफायरमा पुग्नबाट एक जित मात्र टाढा छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु