बकैयाको निःशुल्क शिविरमा गरियो ३७ जनाको आँखा अप्रेशन

निरन्तर न्यूज
४ फाल्गुन २०७९, बिहीबार ०५:४४

बकैया । बकैया जेसिसको आयोजनामा पूर्वि मकवानपुरको बकैया गाउँपालिका ४,गरगरे स्थित बकैया आधारभूत अस्पतालमा जारी तीन दिने निःशुल्क आँखा जाँच तथा मोतिविन्दुको शल्यक्रिया शिविरको दोश्रो दिनसम्म ४ सय २४ जनाले आँखा जाँच गराएका छन् । जेसिजले बकैया गाउँपालिका, नेपाल आँखा अस्पताल त्रिपुरेश्वर, काठमाडौं र बकैया आधारभूत अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरेको शिविरमा पहिलो दिन १७५ र दोश्रो दिन २४९ जनाले आँखा परिक्षण गरेका थिए ।

दुई दिनमा ५० जनामा मोतिविन्दुको समस्या देखिएकोमा ३७ जनाको सफल परिक्षण गरिएको बकैया जेसिसका कार्यकारी उपाध्यक्ष जितेन्द्र दाहालले बताए । आँखा सम्बन्धित समस्याबाट ग्रसित बिरामीलाई लक्षित गर्दै बकैया जेसिजले गाउँपालिका, नेपाल आँखा अस्पताल त्रिपुरेश्वर, काठमाडौं र बकैया आधारभूत अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरेको हो ।
जेसिसका कार्यकारी उपाध्यक्ष शुसिल घिमिरेको संयोजनमा भएको कार्यत्रलमले बकैयाका सयौँ आँखामा समस्या भएकाहरुलाई सहयोग गरेको छ । शिविरले आँखामा समस्या भएपनि अस्पतालसम्म पुगेर उपचार गर्न नसक्नेहरुलाई राहात दिएको हो ।

तीन दिनसम्म सञ्चालन हुने शिविर बिहिबारसम्म सञ्चालन हुने जेसिसका सचिव सरोज ढुंगेलले बताए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु