सरकारी अस्पतालमा टाइम कार्ड लागू गर्ने

निरन्तर न्यूज
३ फाल्गुन २०७९, बुधबार ०९:३९

हेटौंडा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी अस्पतालमा ‘टाइम कार्ड’ लागू गर्ने भएको छ । अस्पतालमा सरकारी सेवाहरू तोकिएको समयमा उपलब्ध गराउने उद्देश्यले ‘टाइम कार्ड’ प्रणाली लागू गर्न लागिएको हो ।

मन्त्रालयले सङ्घ र प्रदेशअन्तर्गतका अस्पतालहरूमा अनलाइन मार्फत टिकटको व्यवस्था, रेफरलगायत स्वास्थ्य सेवासँग सम्बन्धित सबै कार्य डिजिटल प्रणालीमार्फत गर्ने गरी इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली लागू गर्नेसमेत कार्ययोजना बनाएको छ ।
कार्ययोजनामा सङ्घअन्तर्गतका अस्पतालबाट प्रदान गरिने सेवा शुल्कमा समेत एकरूपता कायम गर्ने भनिएको छ। स्वास्थ्य सेवा शुल्क निर्धारण समितिले अस्पतालहरूबाट प्रदान गरिने सेवा शुल्कको सूची तयार गर्नेछ ।

यसरी तयार गरिएकामा सेवा शुल्क सूची मन्त्रालयबाट स्वीकृत गरी कार्यान्वयन गरिने कार्ययोजनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु