बागमती प्रदेशका ७ अस्पताललाई ७ वटा एम्बुलेन्स

हेटौंडा । बागमती प्रदेश सरकार मातहत रहेका ७ वटा जिल्ला अस्पताललाई आज एम्बुलेन्स हस्तान्तरण गरिएको छ । प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र हेटौंडाले प्रदेशको सात वटा प्रादेशिक अस्पतालहरुलाई एक एक वटा एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
५२ लाख ९० हजार रुपैयाँका दरले टेण्डर मार्फत खरिद गरिएको सात वटा एम्बुलेन्स आज हस्तान्तरण गरिएको हो । सात वटा एम्बुलेन्सको कुल लागत ३ करोड ७० लाख रुपैयाँमा खरिद गरिएको हो । खरिद गरिसकिएको एउटा एम्बुलेन्स भने केही दिनमा हस्तान्तरण गरिने भएको छ । खरिद गरि ल्याइसकिएको केन्द्रले जनाएको छ ।
केद्रको परिसरमा आयोजित कार्यक्रममा प्रदेशको स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले प्रादेशिक अस्पतालका प्रमुख तथा प्रतिनिधिहरुलाई एम्बुलेन्स हस्तान्तरण गर्नुभयो । उहाँले भक्तपुर अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, पशुपति चौलागाईँ स्मृति अस्पताल दोलखा, मेथिनकोट अस्पताल काभ्रे, रामेछाप अस्पताल र बकुलहर रत्ननगर अस्पताललाई (ख) वर्गको एम्बुलेन्स उपलब्ध गराउनुभयो । अस्पतालका प्रतिनिधीहरुलाई एम्बुलेन्सको चाबी हस्तान्तरण् गर्नुभयो ।
हस्तान्तरण कार्यक्रमलाई संबोधन गर्दै मन्त्री श्रेष्ठले सरकारको दायित्व जनताको स्वास्थ्य सुरक्षा भएकोले आफू मन्त्री नियुत्त भएपछिको पहिलो निर्णय नै एम्बुलेन्स प्रदान गर्ने र जनस्वास्थ्यको चासो राख्ने रहेको बताउनुभयो । यो एम्बुलेन्स हस्तान्तरणको काम असल सुरुवात भएको उहाँले वताउनुभयो । स्वास्थ्यको पहुँच सबैतिर पुर्याउनका लागि आग्रह समेत गर्नुभयो । प्रदेश सरकारले स्वास्थ्य नीति लिएर काम गरिरहेको उहाँले वताउनुभयो ।
केन्द्रका निमित्त निर्देशक डाक्टर अर्जुनप्रसाद सापकोटाका अनुसार अस्पतालहरुलाई ख वर्गको एम्बुलेन्स प्रदान गरिएको हो । एम्बुलेन्समा बिरामी सहित बिरामीको २ जना कुरुवाहरु, स्वास्थ्यकर्म बस्ने सुविधादेखि अत्याधुनिक सेवा सुविधा अन्तरगत डेलिभरी सेट, ड्रेसिङसेट, वासिङ यक्युुपमेन्ट,टु वे भिडियो कन्भसेसन डिभाइस, मोबाइल डिभाइस, फो जि कनेक्टेभिटी डिभाइस,वाकीटकी, क्यामरा, जिपिए सिक्टम समेत जडान गरिएको छ ।
केन्द्रका लेखा अधिकृत राधाकृष्ण श्रेष्ठले सञ्चालन गर्नु भएको कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिब बद्री बहादुर खड्का, स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठ, हेटौंडा अस्पतालका रजिष्टार राजेश प्रसाई लगायतकाको आतिथ्यता रहेको थियो ।