पेट्रोलियम पदार्थको मूल्य बढ्यो

निरन्तर न्यूज
२४ माघ २०७९, मंगलवार १०:०३

काठमाडौं । नपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ३(३ रुपैयाँका दरले बढाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ तथा डिजेल र मट्टितेलको १७५ रुपैयाँ कायम भएको छ । निगमका अनुसार खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाललाई यथावत राखिएको छ । भारतबाट मूल्य बढेर आए लगत्तै निगमले भाउ बढाएको हो ।
भारतीय आयल कर्पोरेसन तथा नेपाल सरकारलाई तिर्नुपर्ने दायित्व रकम अझै १६ अर्ब ३० करोड रुपैयाँ रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु