सेवा प्रभावकारी बनाउँदै हेटौंडाको आयुर्वेद स्वास्थ्य केन्द्र

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरमा सेवा सुबिधा बढाएर उपलब्धिमूलक बनाउन थालिएको छ । विगत बर्षौँदेखी सामान्य रुपमा मात्र आफ्नो परिचय बनाएको आयुर्वेदले पछिल्लो समय अस्पतालको रुपम आफ्नो परिचय बनाउँदै लगेको आजको छलफलमा बताइएको छ । बिरामीले बिशेषज्ञ सहितको सेवा पाउन थालेपछि पछिल्लो समयमा आयुर्वेदमा आउने सेवाग्राहीहरु उल्लेख्य रुपमा बढेको केन्द्रका प्रमुख तथा आयुर्वेद चिकित्सक ललिता पाण्डेले बताउनुभयो ।
हेटौंडा –२ मा रहेको आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरले दिएको सेवा सुबिधा र अहिलेको समयमा आयुर्वेदको महत्वबारे ललिता पाण्डेलको प्रस्तुतीकरणमा देखिएको थियो । केन्द्रले बजेट सेवा सुबिधा लगायत केन्द्रले गरेको र गर्ने कामको बारेमा मकवानपुरका पत्रकारसँग अन्तरक्रिया गरिएको थियो । केन्द्रमा धेरै खालका उपचार गरिनुका साथै निशुल्क औषधि बितरणबारे जानकारी गराइएको थियो ।
अन्तरक्रियामा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आयुर्वेद औषधीको महत्व, प्रयोग विधि र यसमा प्रयोग हुने संस्कृत भाषाको बारेमा हामीले बुझ्न सके दीर्घकालीन फाइदा हुने बताउनुभयो । आयुर्वेदबारे प्रयोग गरिने संस्कृत भाषालाई केन्द्रले सरल भाषामा बुझाउन सके यसको प्रभावकारीता बढ्ने प्रजिअ पाण्डेले बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका निर्देशक महेश्वर श्रेष्ठले बजेट थप गरेर आयुर्वेद औषधालयको कामलाई प्रभावकारी बनाउँदै लगिएको वताउनुभयो ।
जिल्ला आयुर्वेदबाट अहिले बहिरंग सेवा, निशुल्क परामर्श सेवा, सशुल्क फार्मेसी सेवा, ल्याब, फिजियोथेरापी र ज्येष्ठ नागरिक सेवा प्रवाह गरिरहेको श्रेष्ठले बताउनुभयो जिल्ला आयुर्वेदले अहिले बागमती, बकैया, मनहरी, राक्सिराङ, कैलाश गाउँपालिका, थाहा नगरपािलका र हेटौंडा उपमहानगरपालिकामा सेवा दिइरहेको उहाँले बताउनुभयो । कार्यक्रममा उपस्थित सन्चरकर्मिले केन्द्रको कार्यक्रमका बारेमा कार्यालयबाटै जानकारी गराउन सके प्रभावकारी हुनेमा जोड दिएक थिए । अशोक झाले सहजीकरण गर्नुभएको कार्यक्रम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मकवानपुर व्यववस्थापन समितिका अध्यक्ष मधु बजगाई क्षेत्रीको सभाध्यक्षमा भएको हो ।